29th May, 2024
●
Ambition.Guru
मिति २०८१ साल, जेठ १२ गतेको दिन एम्बिसन गुरुद्वारा आयोजित गरेको शिक्षक सेवा आयोगको भौतिक नमुना परीक्षा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त परीक्षामा ४०० जना परीक्षार्थीहरुको सहभागिता रहेको थियो । परीक्षार्थीहरुलाई Mock Test को लागि OMR Sheet प्रदान गरिएको थियो। उक्त OMR Sheet बाट अभ्यास गर्नु मिल्ने प्रविधि नेपालमै पहिलो पटक एम्बिसन गुरु मार्फत् प्रदार्पण गरिएको हो । उक्त शीटमा जवाफ भरेर स्वयम आफैले अपलोड गर्न सकिने एपको नयाँ विशेषतासँग अवगत पनि गराएको थियो। साथै यस कार्यक्रम मार्फत् परीक्षार्थीहरुले आफूलाई एम्बिसन गुरु एपमा अध्यापन गराइरहनु भएका गुरुहरुसँग प्रत्यक्ष साक्षात्कार गर्ने मौका पाए।