Featured Blog
16th May, 2024
●
News Room
त्यस्तै यो एपबाट विद्यार्थीले कति ओटा लाइभ क्लास लिए, कति ओटा छुटाए, कुनकुन परीक्षामा सहभागी भए, नबुझेका कुरा शिक्षकलाई प्रश्न गरिरहेका छन् कि छैनन् जस्ता कुरा थाहा पाउन सकिनेछ ।
परीक्षामा विद्यार्थीले कुन विषयमा कति अंक ल्याएका छन् र त्यसमा गुरुले दिएको सल्लाह पनि मोबाइलबाट नै हेर्न पाइने कम्पनीको भनाइ छ ।
''कुनकुन विषयमा अझ मेहनत गर्नुपर्ने छ, जस्ता कुरा अत्याधुनिक एआई प्रविधिले गाइड गर्नेछ,'' कम्पनीको विज्ञप्तिमा भनिएको छ, ''यस्तै प्रत्यक्ष गुरुसँग पनि परामर्श लिन सक्नुहुनेछ । आफ्नो जिम्मेवारी बहन गर्ने सिलसिलामा छोराछोरीबाट टाढा बस्नुपर्ने ब्याध्यात्कम अवस्थामा रहनुभएका अभिभावकका लागि यो एप वरदान सावित हुने हाम्रो विश्वास छ ।''
एम्बिसन गुरु एप डाउनलोड गर्नेको संख्या एक लाखभन्दा बढी पुगेको छ । कम्पनीले एसईई, प्लस टु, साइन्स, मेनेजमेन्टका ब्याचलर र मास्टर्स लेभलका विभिन्न विषयका परीक्षाको तयारी अनलाइनबाटै गराइरहेको छ ।
त्यस्तै लोकसेवा, शिक्षक सेवा, संस्थानहरू, बैंकहरू, सुरक्षा निकायका विभिन्न दरबन्दीका लागि खुलेका आवेदनको तयारी कक्षाका साथै आयल्ट्स्, कोरियन र जापनिज भाषा पनि सञ्चालन भइरहेको कम्पनीले जनाएको छ ।
Source: TechPana (https://www.techpana.com/2024/146072/ambition-guru)